कोइराला परिवार मिल्दा अत्तालिएको छैन : देउवा

 मंसिर ४, २०७५ मंगलबार १३:३५:५० | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ –  पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको झगडालाई सामान्य लिनु पर्ने बताउनुभएको छ । 

उहाँले पार्टीभित्रको झगडालाई ठूलो रुपमा लिन नहुने उल्लेख गर्नुभयो । एउटा घरमा त झगडा र कलह हुने भन्दै उहाँले पार्टीभित्रको मतभेद सामान्य भएको बताउनुभएको हो ।

उहाँले घरजस्तै पार्टीमा पनि झगडा र विवाद हुने भन्दै यसलाई मिलाउने  पक्षमा आफू रहेको बताउनुभयो ।  उहाँले मंसिर २ गते महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र नेतृ सुजाता कोइराला विराटनगर आई मिलेको सन्देश दिँदा आफू नआत्तालिएको बरु यसले अब पार्टीको एकतामा सकारात्मक सन्देश पुगेको बताउनुभयो ।

प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकारसम्मेलनमा देउवासँगै कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि हुनुहुन्थ्यो ।  कोइरालाप्रति लक्षित गर्दै देउवाले भन्नुभयो, ‘कोइराला परिवारमा जस्तै अब कांग्रेस पार्टीभित्रको झगडा पनि मिल्छ । तर पार्टी सञ्चालन गर्नु कठिन काम हो ।’

देउवाले पार्टीमा रहेको समूह, उप–समूह, गुट र उप–गुटले आफू पनि दिक्क भएको बताउँदै मिलाउने प्रयासमा लाग्दा हायलकायल भएको सुनाउनुभयो । पार्टीमा एक भएको फोरम मिलाउने क्रममा उप–सभापति मनन् गर्नु राजनीतिक निर्णय भएको त्यो विधान नमिचिएको दावी गर्दै देउवाले सकेसम्म मिलाउने प्रयास गरेको सुनाउनुभयो ।  नेविसंघको विवादको बिषयलाई लिएर महासमिति वैठक नसर्ने स्पष्ट पार्नुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया