कृषि मन्त्रालय खारेज गर्न सांसद त्रिपाठीको माग

 मंसिर ४, २०७५ मंगलबार १६:४८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रतिनिधिसभाका सांसद हृदयश त्रिपाठीले कृषि विकास मन्त्रालय खारेज गर्न माग गर्नु भएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ने क पाका सांसद त्रिपाठीले कृषकको कामै नगर्ने कृषि विकास मन्त्रालयको आवश्यक्ता नरहेको भन्दै खारेज गर्नुपर्ने माग गर्नु भएको हो । मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले कृषि मन्त्रालयको कामै नभएको र यसले तामझाम बाहेक अरु केही पनि काम नगरेको आरोप समेत लगाउनुभयो ।

उहाँले सय रुपैयाँमा १८ रुपैयाँ कृषकको नाममा खर्च गरेर ८२ रुपैयाँ कर्मचारीहरुको तामझाममा लगाउने मन्त्रालयको रुपमा कृषि मन्त्रालयको चित्रण समेत गर्नु भयो । सांसद त्रिपाठीले कृषि विकास मन्त्रालयका पदाधिकारी नै सबैभन्दा बढी विदेश भ्रमण गर्ने गरिरहेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।

उहाँले चिनीले उपभोक्तालाई पारेर प्रतिकूल असरबारे ठोस पहल गर्न अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सचेत गराउनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया