निर्माण उपकरणसम्बन्धी प्रदर्शनी ‘सिआइआई कन्म्याक २०१८’ बिहीबारदेखि

 मंसिर ४, २०७५ मंगलबार १७:२३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - भक्तपुरको सल्लाघारीमा रहेको खुला चौरमा २२ देखि २४ नोभेम्बर २०१८ सम्म निर्माण उपकरण प्रदर्शनी ‘सीआईआई कन्म्याक २०१८’ को आयोजना हुने भएको छ ।

प्रदर्शनी भारतीय उद्योग परिसंघ (सीआईआई) ले भारतीय दूतावासका सहकार्य तथा एशियन इन्स्टिच्यूट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्स ९ब्क्ष्म्क्ष्ब्० संगको परामर्शमा आयोजना  गर्न लागेको हो ।   

नेपाल निर्माण व्यवसायी महासंघ एफसीएएन को सहयोगमा हुन लागेको कार्यक्रममा भारतीय निर्माण उपकरण निर्माता एसोसिएशन (एअार्इडीअार्इए) सेक्टर पार्टनरको रूपमा रहेको छ ।

काठमाडौमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सीआईआई कन्म्याक २०१८ तथा एमएडब्ल्यू अर्थमुभरका अध्यक्ष विष्णु अग्रवालले विश्वस्तरीय निर्माण उपकरणहरु एकै स्थानमा अवलोकन गर्नका लागि यस प्रदर्शनी अद्वितीय प्लेटफर्मको रूपमा रहने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘यस कार्यक्रमको भव्यताले नेपालमा आयोजना हुने अन्य प्रदर्शनीको स्तर बढाउन पनि महत्वपूर्ण भूमिका खेल्नेछ ।’

कार्यक्रममा सीआईआई कन्म्याक २०१८ का सदस्य तथा एफजी इन्कर्पोरेटेड प्रा. लि. का निर्देशक केदार लामिछाने तथा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष ए डी लामाले विविध विषयमा प्रकाश पार्नुभएको थियो । 

प्रदर्शनीमा देशभरबाट १० हजार भन्दा बढी व्यावसायिक अवलोकनकर्ताहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ । 

प्रदर्शनीले निर्माण व्यवसायीलाई हाल अन्तर्राष्ट्रियस्तरमा उपलब्ध उत्कृष्ट उपकरण तथा प्रविधिको जानकारी दिई सहयोग पुर्याउने र निर्माण क्षेत्रको क्षमतामा अभिवृद्धि गर्ने उद्धेश्य लिएको छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया