पाकिस्तानी सुपर लिगमा पनि सन्दीप, कम्तीमा ५० लाख पाउने

 मंसिर ४, २०७५ मंगलबार १७:२६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली युवा स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिगमा अनुबन्धित भएका छन् । उनलाई लाहोर कलन्दरले टिममा अनुबन्ध गरेको हो ।

इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, ग्लोबल टी–२० प्रिमियर लिग, बिगब्यास लिग र टी–१० क्रिकेट लिग, अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिगपछि अब सन्दीप पाकिस्तानी सुपर लिगमा पनि छनोट भएका छन् ।

एकपछि अर्को अन्तर्राष्ट्रिय लिग खेलिरहेका सन्दीपलाई लाहोरले कम्तीमा ५० हजार देखि ७० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । सन्दीपले खेल्ने पाकिस्तानी सुपर लिगमा विश्वका उत्कृष्ट खेलाडीमा पर्ने फखर जमान, एबी डिभिलियर्स, यासिर शाह, शाहिद अफ्रिदी, अघ सलमान, साहिन अफ्रिदी, सोहिल अख्तर, हसन खान, कार्लोस ब्रेथवेट, मोहम्मद हफिजजस्ता खेलाडी रहेका छन् ।

गोल्ड क्याटेगोरीमा रहेका सन्दीपलाई लाहोरले पहिलो चरणमा नै छनोट गरेको हो । यो टिमको मेन्टरका रुपमा पाकिस्तानी क्रिकेट टिमका पूर्व तीव्र बलर सोयब अख्तर रहेका छन् । यता अर्का नेपाली खेलाडी सोमपाल कामी भने बिक्री भएनन् । सिल्भर क्याटेगोरीमा रहेका सोमपाललाई कुनै टिमले चासो देखाएनन् ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया