रणवीर सिहंसँग विवाह गरेकी दीपिकाले मेटाइन पूर्वप्रेमी रणबिर कपूरको नामको ट्याटु

 मंसिर ४, २०७५ मंगलबार १८:२४:२१ | एजेन्सी
unn.prixa.net

बलिउडमा अहिले हेडलाइनमा छाइरहेको जोडी हो, अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको जोडी ।

दीपवीरको नामले चर्चित यो जोडीले ६ वर्ष लामो प्रेम सम्बन्धपछि यही नोभेम्बर १४ र १५ मा इटालीको लेक कोमोमा विवाह सम्पन्न गरेका छन् । विवाहपश्चात रणवीर र दीपिकाले सार्वजनिक गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

विवाह गरेर भारत फर्किएको दीपवीरको जोडी आज अर्थात मंगलबार बिहान दीपिकाको माइतप् घर बेंग्लोरका लागि हिँडेको थियो । आज एयरपोर्टमा मिडियाको क्यामेरामा नव दम्पत्तीका सुन्दर तस्बिरहरु कैद भए । आज लिइएका तस्बिरहरुमा दीपिकाले यसअघि उनको गर्दनमा पूर्वप्रेमी रणबिर कपूरको नामकोे ट्याटू भने मेटिएको देखिएको छ । 

दीपिकाले रणवीर सिहंका साथ विवाह गर्नुअघि पूर्वप्रेमी राणबिर कपूरको ट्याटू सधैँका लागि मेटाएकी हुन् वा मेकअपको सहारामा छोपेकी हुन् भन्ने कुराको कुनै आधिकारिक जानकारी भने आइसकेको छैन । तर रणवीर सिहंका साथ विवाह गरेकी दीपिकाको गर्दनमा खोपिएको पूर्वप्रेमी रणबिर कपूरको नामको ट्याटु हटाएको थाहा पाउदा दीपवीरका फ्यानहरु भने निकै खुसी भएका छन् । 

दीपिका र रणवीर बेंग्लोरमा रिसेप्सनको लागि गएका हुन् । बेंग्लोरको रिसेप्सनपश्चात यो जोडीले मुम्बईमा समेत भव्य पार्टीको आयोजना गर्नेछ । 

दीपवीरले आज सार्वजनिक गरे विवाहका बाँकी तस्बिरहरु

नोभेम्बर १४ र १५ मा इटालीको लेक कोमोमा विवाह गरेका दीपिका र रणवीरले यसअघि विवाहका २ वटा आधिकारी तस्बिरहरु मात्रै सार्वजनिक गरेका थिए । तर आज रणवीर र दीपिकाले पालैपालो विवाहका बाँकी तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । 

तस्बिरबाटै थाहा हुन्छ यो जोडी वर्षौँ लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न पाउँदा कति खुसी छन् । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया