धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद
बैशाख ६, २०८१ बिहिबार
मोरङ – उर्लाबारीमा मंगलबार दिउँसो भएको आगलागीबाट एक करोड ११ लाखभन्दा बढीको क्षति भएको छ ।
उर्लाबारी नगरपालिका वडा नम्बर ७ इटहरा रोड बस्ने भक्तराम अधिकारीको काठको २ तले घरमा अचानक आगलागी भएको थियो । अधिकारीको आफ्नै किराना पसलबाट विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट अधिकारीको घरसहित सुन, नगद गरेर एक करोड ११ लाखभन्दा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यस्तै आगलागीबाट अधिकारीका छिमेकी अर्जुन न्यौपानेको घर समेत जलेर नष्ट भएकोे छ । आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, विभिन्न स्थानबाट आएका ६ वटा दमकलको सहयोगमा साँझ पूर्ण नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।