विनोद दास धनगढी प्रिमियर लिगको निर्देशकमा नियुक्त

 मंसिर ४, २०७५ मंगलबार १८:३३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – रुस्लान धनगढी प्रिमियर लिगको निर्देशकका रूपमा प्रशिक्षक विनोद दास भित्रिएका छन् ।

धनगढी क्रिकेट एकेडेमीले विज्ञप्ति जारी गर्दै दासलाई प्रतियोगिता निर्देशकका रुपमा नियुक्त गरेको जानकारी दिएको छ ।

प्रतियोगितामा देशभरका ६ वटा टिम सहभागी छन् । जसमा टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्स नै रहनेछन् । 

माघ १९ देखि फाल्गुन ४ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको अनुमानित बजेट ५ करोड रूपैयाँ रहेको छ । विनोद यसअघि पीपीएलमा पोखरा पल्टनको प्रशिक्षक थिए । त्यसअघि इपिएलमा पनि उनी  टेक्निकल टिममा रहेका  थिए ।

डीपीएलका प्रत्येक टिममा १५—१५ खेलाडी हुनेछन् । प्रतियोगितामा  कुल १९ खेल हुनेछन्। प्रतियोगिता टी–२० को आधारमा हुनेछ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया