प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाडाैं - नेपाल बक्सिङ संघले प्रथम राष्ट्रिय नोभिष बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको छ ।
संघले मंगलबार काठमाडाैंमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हाे ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले उद्घाटन गर्ने प्रतियोगिता मंसिर ५ देखि ८ सम्म सञ्चालन हुने संघका अध्यक्ष राम अवालेले जानकारी दिनुभयाे ।
प्रतियोगितामा यू-१९ महिलातर्फ ४८, ५१, ५४, ५७ र ६० केजी तौल समूह समावेश गरिएको छ भने पुरुषतर्फ ४९,५२,५६,६० र ६४ तौलमा प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै यू-१९ देखि २४ मुनीको महिलामा ५१, ५४, ५७, ६० र ६४ केजीका तौल समूह समावेश गरिएको छ भने पुरुषतर्फ ४९,५२,५६,६०,६४,६९ ,७५ र ८१ केजी तौलमा प्रतिस्पर्धा हुनेछ ।
त्रिपुरेश्वरमा रहेकाे राखेपकाे कभर्डहलमा हुने प्रतियोगिताको अनुमानित बजेट पच्चीस लाख रहेको अध्यक्ष अवालेले जानकारी दिनुभयाे । प्रत्येक तौल समूहका विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएका छन् ।