फेसबुकमा समस्या, ट्वीटरमा आक्रोश

 मंसिर ४, २०७५ मंगलबार १९:५५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – विश्वभर सामाजिक सञ्जालहरु फेसबुक र इन्स्टाग्राममा समस्या देखिएको छ । फेसबुक नचलेपछि धेरै प्रयोगकर्ताले आफूहरुले फेसबुक लग इन गर्न नसकेको भन्दै गुनासो गरेका छन् । कतिपय प्रयोगकर्ताहरुले ट्विटरमा आक्रोश पोखेका छन् ।

 

एक प्रयोगकर्ताले ट्विटरमा भनेका छन्, ‘मलाई लाग्छ फेसबुक फेरि एक पटक डाउन भएको छ ।’ अर्का प्रयोगकर्ताले ट्रवीट गर्दै आफ्नो गुनासो पोखेका छन्, ‘कसैको फेसबुक डाउन भएको छ ?’

 

प्रयोगकर्ताहरुले फेसबुकमा आएको समस्याबारे तस्बिरसहित ट्वीटमा पोष्ट गरेका छन् । उनीहरुले फेसबुकको होम पेज, म्यासेन्जर र इन्स्टाग्राममा समस्या आएको बताएका छन् ।

फेसबुकको स्मार्टफोन एपमा समस्या कम भए पनि वेब भर्जनमा भने पूर्ण समस्या आएको छ । केही समयअघि फेसबुक म्यासेन्जरमा समेत समस्या देखिएको थियो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया