कतार एयरवेजको अत्याधिक सफल चार उडान रुट २०१९ देखि फेरि सञ्चालनमा आउने

 मंसिर ४, २०७५ मंगलबार २०:२६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - कतार एयरवेजको हालै सञ्चालनमा आएको एन्टलया, बोड्रम, म्याकोनोस र मालागासम्मको उडान सेवा कम्पनीले थप उडान र विमानहरुसँगै मे २०१९ देखि फेरि सुरु गर्ने घोषणा गरेको छ ।  

एयरलाइन्सले मे २०१९ देखि एन्टलया, बोड्रम तथा म्याकोनोससम्मको मार्गमा हप्ताको एउटा उडान थप गर्ने र एन्टलयासम्मको रुटमा अत्याधुनिक ए३३० विमान र मालागासम्मको उडानका लागि बोइङ ७८७ ड्रिमलाइनरको स्थानमा बोइङ ७७७ विमान ल्याएको छ । 

चार महिनाअघि सञ्चालनमा आएदेखि टर्कीको बोड्रम र एन्टलया, ग्रीसकाे म्याकोनोस, स्पेनकाे मालागाजस्ता अत्यधिक लोकप्रिय पर्यटकीय स्थलहरुसम्मको सबै चार रुटहरु हालसम्म प्रभावशाली देखिएकोले फेरि सुरु गर्न लागेकाे एअरलाइन्सले जनाएको छ ।  

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले भन्नुभयो,‘चार महिनाअघि सञ्चालनमा आएका हाम्रा सबै चार उडान मार्गहरुको प्रभावशाली प्रदर्शनबाट हामी निकै प्रसन्न छौँ । यात्रुहरुको यी लोकप्रिय पर्यटकीय स्थलहरुसम्मको नन–स्टप सेवाको मागलाई ध्यानमा राख्दै हामीले एन्टलया, बोड्रम र म्याकोनोससम्मको यस सेवालाई फेरि सुरु मात्र नगरी एउटा साप्ताहिक उडान पनि थप गरेका छौँ ।’


 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया