रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ लगातार घट्याे

 मंसिर ५, २०७५ बुधबार ११:२०:५८ | उज्यालो सहकर्मी

काठमाडौं – यो हप्ता रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ घटिरहेको छ । मंगलबारको तुलनामा बुधबार पनि खाडीका देश र मलेसियाको मुद्राको भाउ घटेको छ । 

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३९  पैसा र बिक्रिदर ३० रुपैयाँ ५५ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४८ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ०४  पैसा र बिक्रिदर ३१ रुपैयाँ २१ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २२ पैसा र बिक्रिदर २७ रुपैयाँ ३६ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ११ र बिक्रिदर १० रुपैयाँ १७ पैसा रहेको छ । 

कुवेती दिनार एकको खरिददर ३ सय ७५ रुपैयाँ २८ पैसा छ भने बिक्रिदर ३ सय ७७ रुपैयाँ २५ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ०२ रुपैयाँ ४२ पैसा र बिक्रिदर ३ सय ०४ रुपैयाँ ०१ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया