यूएन पार्कमा गोली चल्यो, गुण्डा नाइके भनिएका अशोक लामा घाइते

 जेठ २८, २०७५ सोमबार १४:१२:३२ | उज्यालो सहकर्मी

ललितपुर – यूएन पार्कमा सोमबार दिउँसो गोली चलेको छ ।

प्रहरीले गुण्डा नाइके अशोक लामालाई व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । ललितपुरको सातदोबाटो, भैंसिपाटी क्षेत्रका प्लटिङ व्यापारी र क्रसर व्यापारीसँग धम्की दिएर पैसा असुलेको उजुरीको आधारमा लामालाई प्रहरीले खोजी गरेको जनाएको छ ।

खोजी गर्दा यूएन पार्कमा २–४ जनाको समूहमा लामा बसिरहेको भेटाएपछि प्रहरीले उनलाई पक्राउ गर्न खोज्दा लामाले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले प्रतिरक्षामा एक राउण्डा गोली चलाउँदा लामाको दायाँ खुट्टामा गोली लागेको प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेती बताउनुभयो । प्रहरीले घटनास्थलबाट एक नाल पेस्तोल, दुई राउण्ड गोली बरामद गरेको छ ।

घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । लामाको अहिले ट्रमा सेन्टरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले लामाबारे थप अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया