श्रीमानले गरे श्रीमतीको हत्या

 मंसिर ५, २०७५ बुधबार ११:२९:४४ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपमा श्रीमानले श्रीमतीको धारिलो कुखुरी प्रहार गरी हत्या गरेका छन् । जेठी र कान्छी श्रीमतीबीच झगडा हुँदा ४३ वर्षीय श्रीमान नरबहादुर चेम्जोङले ४४ वर्षीया जेठी श्रीमती इन्द्रमाया चेम्जोङको हत्या गरेको प्रहरी चौकी पञ्चमिका इन्चार्ज पेलेङ्गसिं धिमालले बताउनुभयो ।

इन्चार्ज धिमालका अनुसार मंगलबार साँझ दुई श्रीमतीबीच झगडा भएको र नरबहादुरले जेठी श्रीमतीको घाँटि र टाउकोमा खुकुरीले प्रहार गर्दा घटनास्थलमै ज्यान गएको हो । जेठी श्रीमतीको हत्या गरेर फरार भएका नरबहादुरलाई राति नै नवमिडाँडा प्रहरीले पक्राउ गरेको छ । 

उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको पाँचथर प्रहरीले जनाएको छ । हत्या गरिएका इन्द्रमायाको एक छोरी छिन् भने कान्छिपट्टिका एक छोरा र एक छोरी रहेका छन् ।

अन्तिम अपडेट: मंसिर १३, २०७५

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । उहाँलाई फेसबुकमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया