डा.गोविन्द केसी अाज डिस्चार्ज हुँदै

 मंसिर ५, २०७५ बुधबार १३:१६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - शिक्षण अस्पतालमा उपचार गराइरहेका डा.गोविन्द केसीलाई बुधबार डिस्चार्ज गरिँदैछ ।

मुटुको नसा च्यापिएका कारण छाती दुखेपछि डा.केसी गएकाे सोमबार शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक, भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेण्टरमा भर्ना हुनु भएको थियो ।

स्वास्थ्यमा सुधार भएपछि केसीलाई अहिले केहीबेरमा डिस्चार्ज गर्न लागिएको उहाँको उपचारमा संलग्न डा.अरुण सायमीले जानकारी दिनुभयो । सायमीका अनुसार डा.केसीको मुटुभित्र समस्या नरहे पनि मुटुसँग जोडिएको नशा च्यापिएका कारण छाती दुखेको हो ।

धेरै चिन्ता लिँदा बाहिरबाट मुटुको नसा थिचिने भएकाले तनाव नलिन र नियमित औषधि खान सल्लाह दिएको पनि डा.सायमीले बताउनुभयो । धेरै तनाव लिँदा डा. केसीलाई हृदयाघातको जोखिम रहेको पनि उहाँले बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया