किम जोङ याङ इन्टरपोलको अध्यक्षमा नियुक्त

 मंसिर ५, २०७५ बुधबार १४:२३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)का कायममुकायम अध्यक्ष किम जोङ याङ इन्टरपोलको नयाँ अध्यक्षमा नियुक्त भएका छन् ।

अन्तर्राष्ट्रिय प्रहरी संगठनका अनुसार किम जोङ याङ अर्को दुई वर्षका लागि इन्टरपोलका अध्यक्षमा नियुक्त भएका हुन् । दुबईमा १९४ राष्ट्रका प्रतिनिधिहरुको बैठकले याङलाई भोट गरेर दुई वर्षको लागि इन्टरपोलको अध्यक्षमा विजयी गराएको हो ।

रुसका अलेक्जेण्डरलाई इन्टरपोलको अध्यक्ष बनाउने तयारी गरेपछि केही राष्ट्रले रुसलाई इन्टरपोलको जिम्मेवारी दिन नहुँने भन्दै आलोचना गरेका थिए । अन्ततः दक्षिण कोरियाका याङलाई इन्टरपोलको जिम्मेवारी दिइएको छ । रुसका अलेक्जेण्डर प्रोकोप्चुक पनि इन्टरपोलका अध्यक्ष पदका दावेदार रहेका थिए । उनी इन्टरपोलका चारजना उपाध्यक्ष मध्येका एकजना हुन् ।

इन्टरपोलका अध्यक्षका दावेदार मानिएका उनलाई इन्टरपोलको ‘रेड नोटिस सिस्टम’ बारे आलोचना गरेको आरोप लागेको छ । अमेरिकाको सिनेटरको एक ग्रुपले उनलाई इन्टरपोलको अध्यक्षमा नियुक्त गर्नु ‘कुखुराको खोरमा ब्वासो झिराउनु जस्तै हुने’ भन्दै आलोचना गरेको थियो ।

यसभन्दा अगाडिका इन्टरपोलका अध्यक्ष मिङ होङवेइलाई चीनले पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । चीनले आफ्ना गोप्य सूचना चुहाएको आरोपमा इन्टरपोलका पूर्व अध्यक्ष मिङ होङवेइलाई गएको सेक्टेम्बरको अन्तमा चीन भ्रमणका गएको बेला पक्राउ गरेको थियो ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया