विप्लव नेतृत्वको नेकपाको जनसभा शनिबार काठमाडौंमा हुने

 मंसिर ५, २०७५ बुधबार १४:५८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङमा भएकाे बिप्लव नेतृत्व पार्टीकाे फाइल तस्बिर

काठमाडौं – नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आउँदो शनिबार काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ ।

पार्टी पुनर्गठन दिवसको अवसर पारेर चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी ८ गते शनिबार काठमाडौंमा प्रर्दशनसहितको जनसभा आयोजना गर्न लागेको हो । पार्टी पुनर्गठन दिवसको अवसर पारेर काठमाडौंमा प्रर्दशनसहितको जनसभा गर्न लागिएको केन्द्रीय सदस्य चिरन पुनले जानकारी दिनुभयो ।

जनसभालाई पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले सम्बोधन गर्नेछन । जनसभा काठमाडौंको शान्ति बाटिकामा आयोजना हुनेछ । जनसभामार्फत् पार्टी र सरकारसँग भएको वार्ता, पार्टीको भावी नीति तथा कार्यक्रम सार्वजनिक गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जनसभामा सहभागी हुन पनि सबैलाई आह्वान गरिएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया