गरैकानुनी विदेशी कामदारको दर्ता गर्न मलेसियाका मन्त्रीको आग्रह

 मंसिर ५, २०७५ बुधबार १५:३९:२४ | उज्यालो सहकर्मी

काठमाडौं – मलेसियाका मानव संसाधन मन्त्री एम कुलाशेगरनले गरैकानुनी विदेशी कामदारको दर्ता गर्न सबै रोजगारदातालाई आग्रह गर्नुभएको छ । 


गैरकानुनी कामदारको कुनै कारणले मृत्यु भएमा प्रमाण नहुने र सामाजिक सुरक्षा नपाउने भन्दै उहाँले सबै रोजगारदातालाई आफ्ना गैरकानुनी विदेशी कामदारको दर्ता गर्न आग्रह गर्नुभएको हो । 
मन्त्री कुलासेगरानले गएको अक्टोबर १० मा मलेसियाको बुकित कुकुसमा पहिरोका कारण मृत्यु भएका कामदारको उदाहरण दिँदै त्यो पहिरोमा मृत्यु हुनेहरु बीमाको दायरामा नपरेको बताउनुभयो । 
त्यसैले उहाँले सबै रोजगारदातालाई आफ्ना कामदारको दर्ता गरी सामाजिक सुरक्षाको दायरामा ल्याउन आग्रह गर्नुभएको हो । 


 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया