रेसम चौधरीलाई सपथग्रहण गराए राजपा सरकारमा जान्छ : महासचिव झा

 जेठ २८, २०७५ सोमबार १५:१७:२४ | उज्यालो सहकर्मी

काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले आफ्नो पार्टी बढीमा एक साताभित्रै सरकारमा सहभागी हुने बताउनुभएको छ । 

‘हामी सरकारमा सहभागी हुनेबारे सम्बाद जारी छ, सरकारले राजपासँग सम्बाद जारी राखेको छ, यसबारेमा औपचारिक तथा अनौपचारिक रुपमा छलफल भैरहेको छ’, झा ले भन्नुभयो, ‘तर अहिलेसम्म औपचारिक सहमति भैसकेको भने छैन ।’ 

सोमबार रिपोर्टर्स क्लबको कार्यक्रमा बोल्दै  महासचिव झाले सरकारले संविधान संशोधनमा प्रतिबद्धता जनाइसकेकोले अब आफ्नो पार्टीका सांसद रेशमलाल चौधरीको सपथ ग्रहणको वातावरण बन्ने बित्तिकै आफूहरु सरकारमा सहभागी हुने बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

1 Comments

  • बैकुण्ठ

    June 11, 2018, 3:43 p.m.

    अपराधी हरु लाई नया कानुन बनाए र उम्कन दिनु आम जनता को आगि एक दम्भ प्रस्तुत गरिएको छ सरकार ,यहि चाल हो भने oli न धेरै दिन टिकछन नत बाम एकता

  •  0 Reply

तपाईको प्रतिक्रिया