रुपन्देहीको सैनामैनामा जीपको ठक्करबाट २ जनाको ज्यान गयो

 मंसिर ५, २०७५ बुधबार १८:५८:५० | भवानीप्रसाद पाण्डे

रुपन्देही –  रुपन्देहीको सैनामैनामा बुधबार भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बुटवल –८, का ५० वर्षीय तिलक सुनार र सैनामैना –६, का ५६ वर्षीय खेमबहादुर सुनार रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले बताएको छ । दुवै जनाको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा मृत्यु भएको हो । 

प्रहरीका अनुसार सैनामैना सरौलीमा बा १८ च ८०१६ नम्बरको जीप र विपरीत दिशाबाट आइरहेको से ४ प ७७७५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो । ठक्कर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेका छन ।

अन्तिम अपडेट: बैशाख १, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया