मेगा बैंकले ओखलढुंगा सामुदायिक अस्पताललार्इ किनिदियो एईडी मेशिन

 मंसिर ५, २०७५ बुधबार १९:१:५६ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा– मेगा बैंकले ओखलढुंगाको ओखलढुंगा सामुदायिक अस्पताललाई अटोमेटेड एक्सटर्नल डिफ्रिब्रिलेटर (एईडी) मेशिन हस्तान्तरण गरेको छ ।

बैंकले सामाजिक अभियानअन्तर्गत त्यो मेशिन सहयोग स्वरुप हस्तान्तरण गरेको हो । एईडी मेशिन आकस्मिक रुपमा मुटुको धड्कन बन्द भएका बिरामीहरुलाई सुरुकै अवस्थामा ल्याउन प्रयोग गरिन्छ ।

सहयोग स्वरुप हस्तान्तरण गरिएको मेशिनको मूल्य ३ लाख ६० हजार रुपैयाँ रहेको बैंकले जनाएको छ । मेशिन हस्तान्तरणका लागि ओखलढुंगा आउनुभएकी बैंककी डेपुटी सीईओ रवीना देशराज श्रेष्ठले मेशिन हस्तान्तरण गर्दै आफूहरुले नानमा मात्रै नकमाएर समृद्धि र सामाजिक विकासमा पनि योगदान गर्ने बताउनुभयो ।

मेशिन हस्तान्तरणका लागि केन्द्रबाट डेपुटी सीईओ श्रेष्ठ र डिपोजिट प्रमुख जेनु थापा आउनुभएको थियो । मेसिन अस्पतालका निर्देशक टुकबहादुर श्रीमललाई हस्तान्तरण गरिएको हो । अस्पतालका निर्देशक श्रीमलले मेशिनबाट न्यूनतम शुल्कमा बिरामीलाई सेवा दिइने बताउनुभयो ।

अन्तिम अपडेट: चैत १६, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया