मलेसियामा दूतावासले कन्सुलर सेवा शिविर सञ्चालन गर्ने

 जेठ २८, २०७५ सोमबार १५:४१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

मलेसिया – नेपाली दूतावास मलेसियाले विभिन्न राज्यमा कन्सुलर सेवा शिविर सञ्चालन गर्ने भएको छ । 

दूतावासबाट पाइने सेवाहरु पासपोर्टको नविकरण आवेदन, हराएको पासपोर्ट नयाँ लिन, यात्रा अनुमती पत्र बनाउने र श्रम सम्बन्धि गुनासोको पनि सुनुवाई हुने दूतावासले जनाएको छ ।

क्वालालम्पुर भन्दा बाहिरका राज्यमा रहेका नेपालीलाई दूतावासबाट पाउने सेवा लिन सहज होस भनेर शिविर सञ्चालन गर्न लागेको दूतावासले उल्लेख गरेको छ ।यसअघि क्वालालम्पुरबाट मात्रै प्रदान गरिने सेवा यसरी बाहिरबाट पाउदा अरु राज्यमा रहेका नेपालीलाई राहत हुनेछ । 

जुन १७ तारिख अर्थात आउँदो असार ३ गते जोहरबारुमा सञ्चालन हुने शिविरमा उपस्थित भई सेवा लिन पनि दूतावासले अनुरोध गरेको छ । शिविर दिउँसोको १२ बजेदेखि साझ पाँच बजेसम्म ब्यागस सिटी होटल (Baguss City Hotel Sdn Bhd) जोहरबहरुमा सञ्चालन हुनेछ । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया