झापामा मोटरसाइकल र स्कुटर जुध्दा दुई चालकको ज्यान गयो

 मंसिर ५, २०७५ बुधबार १९:१९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

झापा – पूर्व–पश्चिम राजमार्ग अन्र्तगत झापाको मेचीनगरमा बुधबार मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुईजनाको ज्यान गएको छ भने एक महिला घाइते भएकी छन् ।

बिर्तामोडबाट काँकडभिट्टातर्फ जाँदै गरेको बा ६९ प ७९९४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको मे १० प ६६६४ नम्बरको स्कुटर मेचीनगर–१२ कालीझोडामा एकआपसमा ठक्कर खाँदा दुवै सवारीका चालकको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो ।

दुर्घटनामा मोटरसाइकलका चालक बिर्तामोड–३, का २७ वर्षीय मञ्जुल बराइली र स्कुटर चालक मेचीनगर–१० का २४ वर्षीय युवराज खत्री अधिकारी रहेका छन् । त्यस्तै मोटरसाइकलको पछाडि सवार काठमाडौं घरभएकी १८ वर्षीया सुविसा गुरुङको बिर्तामोडमा रहेको कनकाई हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया