गृहमन्त्रीकै अगाडि पूर्व लडाकूले विष खाए

 मंसिर ५, २०७५ बुधबार १९:३४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – तत्कालीन  माओवादीका एकजना पूर्व लडाकूले गृहमन्त्री रामबहादुर थापाकै अगाडि किटाणु मार्ने औषधि सेवन गर्नुभएको छ ।

गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न गृहमन्त्रालय पुगेका पूर्व लडाकू दुर्गाप्रसाद भट्टराईले आफूहरुमाथि अन्याय भएको भन्दै किटाणु मार्ने औषधि खाएको प्रहरीले जनाएको छ ।

उहाँलाई अहिले वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ । उहाँको अवस्था सामान्य भए पनि किटाणुमार्ने औषधि खाएकाले स्वास्थ्य कस्तो हुन्छ भन्न नसकिने अवस्था रहेको प्रहरीले जनाएको छ ।

अहिले उहाँलाई थप उपचारका लागि नेपाल प्रहरी अस्पताल पानीपोखरी लैजाने तयारी भइरहेको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया