'मलेसिया जाने प्रक्रिया टुंगोमा पुग्नै बाँकी छ, भ्रममा नपर्नू'

 मंसिर ५, २०७५ बुधबार १९:३८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा कामदार पठाउने प्रक्रिया टुंगो लाग्नै बाँकी भएकाले भ्रममा नपर्न अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता नारायण प्रसाद रेग्मीले बुधबार विज्ञप्ती निकालेर केही व्म्यानपावर सञ्चालकले मलेसियाको कलिङ भिसा आइसकेकाको हकमा भिसा लगाउन सुरु भैसकेको भन्ने भ्रामक सूचना फैलाएको भन्दै भ्रममा नपर्न आग्रह गर्नुभएको हो ।

मलेसिया कामदार पठाउनेबारे चाँडै प्रक्रिया टुंगोमा पुर्‍याउने र यसबारे सार्वजनिक रुपमै सूचना जारी गरेर जानकारी गराउने विज्ञप्तीमा उल्लेख छ ।

गएको कात्तिक १२ गते मेलसियासँग श्रम सम्झौता भए पनि कामदार पठाउने प्रक्रिया टुंगो लाग्न बाँकी छ । मलेसियाको रोजगारी गएको जेठदेखि बन्द छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया