बस्तीमा ग्यासको गन्ध आएपछि उद्योग सार्न माग

 मंसिर ६, २०७५ बिहिबार ७:४०:५१ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ –  ग्यास उद्योगबाट ग्यास चुहिएर बस्तीमा गन्ध आएको लामो समय भइसक्दासमेत उद्योगले वास्ता नगरेपछि ग्यास उद्योग नै बन्द गर्न स्थानीयले माग गरेका छन् । 

बेनीघाट रोराङ्ग गाँउपालिकाको विशालटारमा भएको श्रीमाया ग्यास उद्योगले लिकेज ब्यवस्थापन गर्नका लागि स्थानीयहरुले आग्रह गर्दा अटेर गरी उद्योग संञ्चालन गरेको भन्दै आन्दोलन गरेको स्थानीयबासी राममणी थपलियाले जानकारी दिनुभयो । 

बस्तीको बीचमा भएको ग्यास उद्योग नै समस्या बनेपछि उद्योगलाई व्यवस्थापन गर्नेपर्ने अथवा बस्तीबीचबाट उद्योग सार्नुपर्ने स्थानीयले माग गरेका छन् । उनीहरुले यस्ता उद्योगहरुलाई व्यवस्थित गरिदिन जिल्ला प्रशासन कार्यालय धादिङसँग पनि आग्रह गरेका छन् । 

ग्यास उद्योग वरपरका बस्तीका स्थानीयहरुलाई ग्यास प्लान्टमा ग्यास बोटलिङ्ग गर्दा ग्यास लिक हुने समस्याले गर्दा खतरा बढेको स्थानीयको गुनासो छ  । लिक भएको ग्यासले  मानिसहरुको स्वास्थ्यमा समस्या आउन थालेको विशालटारका बासीन्दाको गुनासो छ । ग्यासको गन्ध फैलिएका कारण टाउको दुख्ने, श्वास प्रश्वसामा समस्या आउने दम रुघा, खोकी जस्ता समस्या उत्पन्न भएको उनीहरुले बताएका छन् । 

अनुगमनमा आएका नेपाल आयल निगमका कर्मचारीहरुले भने अहिले ग्यास उद्योग सञ्चालनमा कडा मापदण्ड नभएको बताउँदै श्रीमाया ग्यासले सबै मापदण्ड पूरा गरेको बताएर फर्किएका छन् ।   

अन्तिम अपडेट: बैशाख ६, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया