टी–१० लिगमा सन्दीपको सनसनी, पहिलो खेलमै म्यान अफ द म्याच

 मंसिर ६, २०७५ बिहिबार ८:४५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईमा सुरु भएको टी–१० लिग क्रिकेटमा नेपाली युवा बलर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । केरलाबाट खेलेका सन्दीपले आफ्नो २ ओभरमा तीन विकेट हात पारे ।

सारजाह क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले बलिङ गरेको केरलाको पाँचौ ओभर लिएर आएका सन्दीपले पहिलो बलमा नै विकेट लिए । उनले फ्लेचरलाई ३२ रनमा आउट गरे । त्यसपछि त्यही ओभरको अन्तिम बलमा सन्दीपले इन्ग्रामलाई मात्र एक रनमा आउट गरे ।

सन्दीपले आफ्नो पहिलो ओभरमा मात्र १० रन दिएर २ विकेट लिए । उनले ब्यक्तिगत दोस्रो ओभरमा पनि उत्कृष्ट बलिङ गर्दै अर्को एक विकेट लिए । मात्र सात रन खर्चिदै सन्दीपले एक विकेट लिए । जसमा उनले मुहम्मद कलीमलाई खाता खोल्न दिएनन् । उनले कुल २ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिए ।

जसका कारण पख्तून्सले केरलालाई एक सय १० रनको लक्ष्य दियो । जुन लक्ष्यलाई केरलाले दुई विकेट गुमाउदै पूरा गर्‍याे । उसको जितमा पउल स्ट्रलिङले ४० रन बनाए भने इयान मोर्गनले ४६ रन बनाए ।

टी–१० क्रिकेट लिगको पहिलो खेलमा नै तीन विकेट लिएर सनसनी मच्चाएका सन्दीप लामिछाने म्यान अफ द म्याच बने  । दुई ओभरमा मात्र १७ रन खर्चिएर तीन विकेट लिएका सन्दीप खेलको म्यान अफ द म्याच चुनिएका हुन् ।

उनले तीन जना मुख्य खेलाडीलाई आउट गरेका थिए । खेलमा आफ्नो पहिलो ओभरको पहिलो बलमा नै विकेट लिएका सन्दीपले त्यही ओभरको अन्तिम बलमा पनि विकेट लिएका थिए ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया