बर्दियामा बस दुर्घटना : एकको मृत्यु, १८ जना घाइते

 मंसिर ६, २०७५ बिहिबार १६:८:९ | भावुक योगी
unn.prixa.net

बर्दिया – हुलाकी राजमार्गमा पर्ने बर्दियाको गुलरिया नगरपालिका –१, खैरापुरमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । १८ जना घाइते भएका छन् । 

ना ३ ख ८५५४ नं.को बस अनियन्त्रित भई दुर्घटना हुँदा बर्दिया बाँसगढी नगरपालिका माछागढका ४५ वर्षीय कर्णबहादुर सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । 

दुर्घटनामा घाइतेमध्ये ११ जनाको जिल्ला अस्पताल गुलरियामा उपचार भैरहेको छ । ७ जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । बर्दियाको सदरमुकाम गुलरियाबाट गेरुवा गाउँपालिकाका लागि छुटेको बस अनियन्त्रित भई दुर्घटना भएको हो । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया