न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
प्यूठान – प्यूठानमा सिरक तथा डसना बनाउने उद्योगमा विद्युत्त शर्ट हुँदा आगलागी भएको छ ।
प्यूठान नगरपालिका–७, पूण्यखोलामा रहेको सुप्रिया सिरक डसना र मिल उद्योगमा आगलागी भएको हो । बिहीबार दिउँसो २ बजेदेखि उद्योगमा भएको आगलागी हुँदा झण्डै ६५ लाख बराबरको क्षति भएको उद्योगका सञ्चालक प्रदिप केसीले बताउनुभयो ।
उद्योगका मेसिन र निमार्ण गरिएका सिरक डसना, अन्य कच्चा पदार्थसहित मिल नष्ट भएको उहाँले बताउनुभयो । डसना उद्योगसँगै रहेको खाद्यान्न मिलमा समेत आगजनीबाट क्षति भएको छ । मिलमा राखिएको २० मुरी धान, कुटाउनका ल्याएको ५ मुरीभन्दा बढी धान, मकै, गहुँ जलेर नष्ट भएको केसीले जानकारी दिनुभयो ।
उद्योगमा लागेको आगो स्थानीय नागरिक, सशस्त्र प्रहरी र नेपाली सेनाले निभाएका थिए । केसीले ३ वर्षदेखि उद्योग सञ्चालन गर्दै आएउनुभएको थियो ।
आगो निभेपछि मात्रै दमकल आइपुग्यो
उद्योगमा दिउँसो २ बजे आगलागी भए पनि एक घण्टापछि स्थानीयले आगो निभाएका लिएका थिए । आगो निभेपछि मात्रै स्थानीय नागरिक आक्रोशित भएका थिए ।
आगलागी भएको स्थाननजिकै सशस्त्र क्याम्पमा दमकल राखिएको भए पनि दमकल जान ढिलाई गरिएको थियो । ‘दमकल आगो निभाउन आउँछ भनेका थियौँ’, स्थानीय इन्द्रबहादुर घर्तीले भन्नुभयो, ‘निभाएर भ्याइँदा पनि पानीबिना आएको थियो ।’
दमकललाई आगलागी हुनेबित्तिकै खबर गरको भए पनि आगो निभाएपछि मात्र आएको बताउनुभयो ।