डोटीमा स्कुल बस दुर्घटना : कम्तीमा ७ जनाको ज्यान गयो

 मंसिर ६, २०७५ बिहिबार १९:५२:३२ | विमल बिष्ट
unn.prixa.net

डोटी – डडेलधुराको अमरगढी नगरपालिका र डोटीको शिखर नगरपालिकाको सिमानामा स्कुल बस भिरबाट खसेर दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । 

इलाका प्रहरी कार्यालयका दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कर्णबहादुर रौलेले दिएको जानकारी अनुसार दुर्घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ ।

६५ जना चढेको गाडी भिरबाट खस्दा ज्यान गुमाउनेहरुमध्ये अहिलेसम्म ७ जनाको शव निकालिएको र ज्यान गुमाउनेहरुको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।डडेलधुराको अमरगढी नगरपालिकामा लाग्ने उग्रतारा मेलाबाट फर्किने क्रममा पिसजोन बोर्डिङ स्कुलको बस भिरबाट खसेको हो ।

अहिले जिल्ला प्रहरी कार्यलय डडेलधुरा र डोटीको टोली घटनास्थलमा पुगेको छ । डोटीको ३६ नं. गणको सशस्त्र प्रहरीको टोली पनि उद्धारका लागि घटनास्थल पुगेको छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया