इलाममा ट्याक्सी दुर्घटना: २ जनाको ज्यान गयाे,३ जना घाइते

 मंसिर ६, २०७५ बिहिबार २०:१०:४५ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलाममा बिहीबार ट्याक्सी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

इलाम नगरपालिका वडा नम्बर–१, साँखेजुङ्गमा भएको दुर्घटनामा परि ज्यान गुमाउनेमा ५६ वर्षका कैलाश गुरुङ्ग र ४३ वर्षका सुमन खनाल भएको जनाइएको छ । 
त्यस्तै ट्याक्सीचालक देउमाई नगरपालिका–६ का ३० बर्षका रमेश गुरुङ्ग, त्यसै ठाउँका २० वर्षका सहचालक सुनील गुरुङ्ग र २६ वर्षका तुलसी कुमार बस्नेत घाइते  भएका छन् ।

इलाम बजारबाट शान्तिडाँडा वाफरुङतर्फ जाँदै गर्दा अपरान्ह ४ः४५ बजे  मे १ ज ८१८ नम्बरको उक्त टयाक्सी दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । 

ट्याक्सी सडकबाट करिब एक सय मिटर तल खसेको थियो । घाइते तीन जनाको इलाम अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ  । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया