डोटी दुर्घटना अपडेट : ज्यान गुमाएका १० जनाको सनाखत

 मंसिर ७, २०७५ शुक्रबार ८:२९:३२ | विमल बिष्ट
unn.prixa.net

डोटी – केआई सिंह राजमार्गको रडुवा खोलामा बिहीबार साँझ भएको दुर्घटनामा ज्यान गुमाएका १८ जना मध्ये १० जनाको सनाखत भएको छ । 

डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ का ३५ वर्षकी शशी विक, त्यही नगरपालिका वडा नं ११ की २५ वर्षकी गोदा भाट, वडा ८ का ४० वर्षका कैलाश रावल र ४० वर्षका योगेन्द्र रावल, डडेल्धुराको नवदुर्गा गाँउपालिका–३ का २२ वर्षका चक्र धामी, डोटी शिखर नगरपालिका–१० का रोहित बलायर, डडेल्धुरा जिल्ला गन्यापधुरा ३ का ३० वर्षकी माया रावल, कैलाली गोदावरी १० का पुरन कठायत, डडेल्धुरा नवदुर्गा गाउँपालिका ३ का १७ वर्षका तिलक खाती र ३० वर्षका तेज धामीको ज्यान गएको ट्राफिक प्रहरी पोष्ट डडेल्धुराका प्रमुख प्रहरी नायब निरीक्षक गणेश नागारीले जानकारी दिनुभयो । 

प्रहरीका अनुसार ज्यान गुमाएका अन्य ८ जनाको सनाखत हुन बाँकी छ । बस दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् ।

अन्तिम अपडेट: फागुन २८, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया