पेट्रोलियम पदार्थको कालो बजारी गर्ने ८ जना पक्राउ

 मंसिर ७, २०७५ शुक्रबार १३:४९:५० | धनवीर महतो

महोत्तरी – पेट्रोलियम पदार्थमा कालो बजारी गर्ने ८ जना महोत्तरीको गौशालाबाट पक्राउ परेका छन् । 

शुक्रबार जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट खटिएको अनुगमन टोलीले गौशाला बजार आसपासमा रहेको पेट्रोल पम्पमा अनुगमन गर्ने क्रममा १५८ लिटर पेट्रोलसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गणेश साह, विनय साह, राजाराम साह, रोशन मण्डल, विनोद महतो र जुगल महतो रहेका छन् । उनीहरु खुलेआम रुपमा पेट्रोलियम पदार्थ प्लास्टिकको बोतलमा बिक्री गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको अनुगमन टोलीमा रहेको जिल्ला प्रशासन कार्यालयका भरत साहले बताउनुभयो ।

पक्राउ परेकामाथि इलाका प््रहरी कार्यालय गौशालामा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत १७, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया