मह काढ्ने क्रममा घरमा आगलागी, तीन लाखभन्दा बढीको क्षति

 मंसिर ७, २०७५ शुक्रबार १३:५०:४२ | सन्ताेष रुचाल
unn.prixa.net

प्रतिकात्मक तस्बिर

धनकुटा – धनकुटाको चौबिसे गाउँपालिका–२, मुढेवास ऐसेलुखर्कका मंगलसिंह याखाको घरमा आगलागी हुँदा ३ लाख २९ हजार ७ सय रुपैयाँ बराबरको क्षति भएको छ ।

घरमा पालेको मौरीको मह काढ्ने क्रममा बोरामा आगो सल्किएपछि घरमा आगलागी भएको चाैबिसे गाउँपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष ममिन्द्र लिम्बूले जानकारी दिनुभयो ।

आगलागीबाट याखाको फुसको घर जलेर पूर्ण रुपमा नष्ट भएको चौबिसे गाउँपालिका–२ का वडाध्यक्ष ममिन्द्र लिम्बूले जानकारी दिनुभयो । आगलागीबाट घरमा रहेको लत्ताकपडा, गरगहना, खाद्यन्न, काठपातलगायतका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको पीडित मंगलसिंह याखाले जानकारी दिनुभयो ।

बिहीबार दिउँसो घरमा मौरीको मह काढ्ने क्रममा बोरा बालेकाले आफूले आगो निभाएको भए पनि पूर्ण रुपमा आगो ननिभेकाले बोराबाटै आगो सल्किएको पीडित परिवारले जनाएका छन् ।

श्रीमती र दुई छोरीसहित चार जनाको परिवार बस्दै आएका पीडित याखा परिवारकाे घर आगलागीबाट घर पूर्ण रुपले जलेपछि अहिले उनीहरु जेठा छोराको घरमा बस्दै आएका छन् । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया