एक सय १७ केजी गाँजा सहित दुईजना पक्राउ

 जेठ २८, २०७५ सोमबार १८:१:१४ | उज्यालो सहकर्मी

मकवानपुर – गाँजा बिक्री भईरहेको छ भन्ने विशेष सूचनाका आधारमा प्रहरीले ठूलो परिमाणको गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । 

मकवानपुरको लोथर खोलामा गाँजासहित २ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो । 

पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–६ मा लोथर खोलामा गाँजा बेचिरहेको अवस्थाबाटै प्रहरीले उनीहरुलाई पत्राउ गरेको हो । 

उनीहरुलाई इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी प्रमुख वीरेन्द्र पनेरुको कमाण्डमा खटिएको प्रहरी टोलीले १ सय १७ किलो गाँजा सहित पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा मकवानपुर कैलाश गाँउपालिका ७ बस्ने वर्ष ३९ को मान बहादुर मोक्तान र चितवन जिल्ला राप्ति नगरपालिका १२ बस्ने बर्ष ४० को वीर बहादुर मोक्तान रहेको प्रहरी नायब उपरीक्षक दिलीपराज झाले बताउनुभयो ।

उनीहरुलाई लागुऔषध ऐन २०३३ बमोजिम अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया