हिन्दू राष्ट्रको वकालत गर्दै कांग्रेस महामन्त्री कोइराला

 मंसिर ७, २०७५ शुक्रबार १४:१९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दू धर्मको पक्षमा वकालत गर्नु भएको छ । 

महामन्त्री कोइरालाले आफू हिन्दू धर्मको पक्षमा रहेको उल्लेख गर्दै देशलाई धर्म निरपेक्ष देश बनाउने कि नबनाउने भन्ने विषयमा निर्णय लिन जनमत संग्रह गर्न सरकारसँग मागसमेत गर्नुभयो ।

शुक्रबार काठमाडौंमा  आयोजित ‘शिव लीला’ भजन संग्रह उद्घाटन कार्यक्रममा बोल्दै उहाँले हिन्दू धर्मलाई सबैभन्दा उत्कृष्ट धर्मको रुपमा चित्रणसमेत गर्नुभयो । महामन्त्री कोइरालाले हिन्दू धर्मले सबैलाई स्वतन्त्र बनाउने उल्लेख गर्दै त्यस सम्बन्धमा नागरिकको राय लिन पनि जनमत संग्रहमा जानुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो ।

संवैधानिक व्यवस्थाअनुसार नेपाल धर्मनिरपेक्ष देश भएको बताउँदै नागरिकले जनमत संग्रहमा जान पाउनुपर्ने उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया