देश समृद्धिको यात्रामा अघि बढिरहेको छ : अध्यक्ष दाहाल

 मंसिर ७, २०७५ शुक्रबार १४:५८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ने क पाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले देश समृद्धिको यात्रामा अघि बढिरहेको दाबी गर्नु भएको छ ।

अध्यक्ष दाहालले शिख धर्मका अनुयायीहरुको संकल्प र प्रतिवद्धताले नेपालको समृद्धिको यात्रालाई अघि बढाउन ठूलो योगदान दिने विश्वास पनि व्यक्त गर्नुभयो । शिख धर्मका संस्थापक गुरु नानकको ५ सय ४९ औं जन्मजयन्तिको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालको सडक सञ्जाल विस्तारमा शिख समुदायले खेलेको भूमिकाको पनि खुलेर प्रशंसा गर्नुभयो ।

उहाँले भारतलाई स्वतन्त्र बनाउन शिख समुदायले उल्लेख्य योगदान दिएको तथ्य पनि स्मरण गराउनुभयो । शिख समुदायले आज आफ्ना गुरु नानकको जन्मजयन्तिको अवसर पारेर शुभकामना आदानप्रदान गरिरहेका छन् ।

त्यस अवसरमा अध्यक्ष दाहालले पनि शिख समुदायको सुख, शान्ति र समृद्धिको कामना पनि गर्नुभयो । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरी पनि सहभागी हुनु भएको थियो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया