चर्चामा आउन प्रियंका र आयुष्मानको यस्तो ‘फण्डा’

 मंसिर ७, २०७५ शुक्रबार १५:५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली चलचित्र क्षेत्रका चर्चित जोडीहरुमध्येको एक हो नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीको जोडी । यो जोडी समय समयमा विभिन्न फन्डा गर्दै मिडियामा छाउने गरेको छ । यीनीहरुको सम्बन्ध सुरुवात हुँदा देखि नै समय समयमा मिडियामा छाइरहने जोडी हो यो । 

सुरुवातमा यो जोडी दिदीभाइको नाताले चर्चामा थिए । तर त्यो दिदीभाइको नाता लामो समयसम्म टिक्न सकेन । त्यसको केही समयमा उनीहरु प्रेमीप्रेमिकाका रुपमा प्रस्तुत भए । जसले गर्दा सबैको ध्यान आफूप्रति खिच्नसमेत सफल भए । उनीहरुले टप्काटालो पनि गरिसकेका छन् । अर्को वर्ष विवाह गर्ने तयारीमा यो जोडी रहेको छ । 

यो जोडीले आफूलाई मिडियामा छाउनका लागि विभिन्न क्रियाकलाप गर्दै आएको छ । यसैबीच बेला यो जोडी नयाँ फण्डाका कारण चर्चामा छ । उनीहरुले स्विमिङका समयमा खिचेको तस्बिर सार्वजनिक भएसँगै यो जोडीको चर्चा बढेको हो । तस्बिरमा दुवैजना एक अर्कासँग रमाइरहेका छन् । स्विमिङ पुलमा आयुष्मानले प्रियंकालाई उचालेका तस्बिर अहिले चर्चामा छ । 

यो तस्बिर बाहिरिएसँगै धेरैले उनीहरुको मिडियामा छाउने कलाका रुपमा समेत व्याख्या गरिरहेका छन् । कतिपयले भने चलचित्र प्रचारको नयाँ शैलीका रुपमा उनीहरुको यो पोजलाई लिइरहेका छन् । 

आफूलाई चर्चामा ल्याउनकै लागि उनीहरुले यस्ता उपायहरु अपनाइरहेका छन् भने त्यो चर्चा कति दिनसम्मका लागि रहला ? यो कुरामा सचेत हुने पो हो कि ?

–उज्यालाे र गफगाफकाे सहकार्यमा

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया