ब्रेकअपपछि पेरिस हिल्टनका प्रेमीले फिर्ता मागे २२ करोडको इन्गेजमेन्ट औँठी

 मंसिर ७, २०७५ शुक्रबार १७:५०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकन टेलिभिजन स्टार पेरिस हिल्टनले हालै उनका प्रेमी क्रिस जिल्कासँग इन्गेजमेन्ट तोडेकी छिन् ।

इन्गेजमेन्ट तोडिएपछि क्रिसले इन्गेजमेन्टमा पेरिसलाई लगाइदिएको औँठी फिर्ता मागेका छन् । त्यो औँठीको मूल्य २ मिलियन अमेरिकी डलर अर्थात २२ करोड नेपाली रुपैयाँ हुन आउँछ ।  

क्यालिफोर्नियाको कानुनअनुसार इन्गेजमेन्ट टुट्यो भने इन्गेजमेन्टको औँठी फिर्ता गर्नुपर्छ । पेरिस हिल्टन र क्रिस जिल्काले ७ वर्षअघि क्रिसमसको एक पार्टीमा पहिलो पल्ट एकअर्कालाई भेटेका थिए । यो जोडीले आफ्नो प्रेम सम्बन्ध २०१७ को फेब्रुअरीमा सार्वजनिक गरेको थियो ।

क्रिसले २०१८ को सुरुवातमा पेरिसलाई २२ करोड मूल्य बराबरको औँठी लगाइदिएर इन्गेजमेन्ट गरेका थिए । साथै यसैवर्षको अगष्टमा यो जोडीले आफूहरु व्यस्त भएका कारण विवाहलाई केही समय पछाडि धकेलेको खबर सार्वजनिक गरेको थियो । 

तर पेरिसले उनको इन्स्टाग्राम अकाउन्टमा मर्लिन मुन्रोको एक भनाई लेखिन् जसलाई उनी र क्रिसबीचको सम्बन्ध तोडिएको कुरासँग जाडेर हेरिँदैछ । 

 

पेरिसले लेखेकी छिन्, ‘मलाई लाग्छ की हरेक चिजको पछाडि एक कारण हुन्छ । मानिसहरु परिवर्तन हुन्छन् त्यसपछि तपाईँ अगाडि बढ्नका लागि केही कुरा सिक्न हुन्छ । तपाईँसँग गलत हुन्छ र पछि तपाईँ सही कुराको प्रशंसा गर्न सक्नुहुन्छ । तपाईँ झुठो कुरालाई विश्वास गर्नुहुन्छ कि पछि तपाईँ अरु कसैलाई नभई आफैलाई विश्वास गर्न थाल्नुहुन्छ । र कहिलेकाही राम्रा कुराहरु तपाईँदेखि टाढा भइदिन्छन् ताकि त्यो भन्दा पनि सुन्दर कुरा तपाईसामु आउन सकोस् ।’

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया