ए डिभिजन लिग: संकटाकाे अपराजित यात्रा कायमै, अार्मीले प्रहरीलार्इ हरायाे

 मंसिर ७, २०७५ शुक्रबार १८:३०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले अपराजित यात्रा कायमै राखेको छ ।

लगातार तीन खेलमा जित हात पारेको संकटा ए डिभिजन लिगको दोस्रो स्थानमा रहेको छ । एपीएफको मैदान हलचोकमा शुक्रबार भएको खेलमा संकटाले मछिन्द्र क्लबमाथि २–० को जित निकालेको हो । पहिलो हाफ गोल रहित बराबरी खेलेको संकटाले दुवै गोल दोस्रो हाफमा गरेको हो ।

संकटाले मच्छिन्द्रविरुद्ध दुई वटा राम्रा मौका पाए पनि गोल गर्न सकेन । खेलको २२ औं मिनेटमा संकटाको प्रहारलाई मच्छिन्द्रका गोलकिपरले बचाए ।

त्यसपछि २८ औं मिनेटमा फेरी संकटाले सुन्दर मौका पाएको थियो । फेरि पनि मच्छिन्द्रका गोलकिपर बाधक बने ।

दोस्रो हाफमा नितिन थापाले आकर्षक गोल गर्दैै संकटलाई १–० को अग्रता दिलाए । १ गोलले पछि परेपछि गोल फर्काउन आक्रामक खेल खेलेको मछिन्द्रका गोल किपरले गल्ती गर्दा संकटाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा अमित तामाङले गोल गर्दै संकटलाई २–० को अवस्थामा पुर्याए । त्यसपछि बाँकी समय गोल नभए पछि संकटाले लिगमा लगातार तेस्रो जित निकाल्न सफल भयो ।

सातदोबाटोमा रहेकाे एन्फा मैदानमा त्रिभुवन आर्मीले नेपाल पुलिसलाई १–० ले पराजित गरेको थियो । आर्मीका लागि ३० औं मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । सोही अग्रतालाई आर्मीले जोगाउन सफल भएको थियो ।

पहिलो हाफमा एक गोलले पछि परेको पुलिसले दोस्रो हाफमा खेलमा फर्कने निकै प्रयास गरेपनि सफल भएन । जसका कारण उसले लिगमा पहिलो हार ब्यहोर्न बाध्य बन्यो । जित पछि आर्मी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

ए डिभजिन लिग अन्र्तगत शुक्रबार सातदोबाटोमा भएको पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लबले पहिलो जित निकाल्न सफल भएको छ । ब्रिगेड ब्वाइजले सशस्त्र प्रहरी बलको एपीएफ क्लवलाई तीन एक गोलले हराएको हो ।

एपीएफले एक गोलको अग्रता जोगाउन सकेन । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६० अाैं मिनेटमा एपीएफले गोल गर्न सफल भयो । उसका लागि रुपबहादुर लामाले गोल गरे ।

तर ६४ औं मिनेटमा ब्रिगेड ब्वाइजका मनोज राईले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै खेल बराबरीमा पुर्याए । पहिलो हाफको तुलनामा रोमाञ्चक बनेको दोस्रो हाफमा ब्रिगेड ब्वाइज हावी भयो ।

६९ औं मिनेटमा ताजुदिनले उत्कृष्ट गोल गर्दै ब्रिगेड ब्वाइजलाई अग्रता दिलाए । त्यसपछि काजीमले भली सट मार्फत गोल गर्दै टिमलाई तीन एकको जित दिलाएका थिए ।

प्रतियोगिता अन्तरगत शनिबार २ वटा खेल हुने छन् । दुवै खेल हलचोक मैदानमा हुने छ । पहिलो खेलमा फ्रेन्ड्स र सरस्वती तथा दोस्रो खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा भिड्नेछन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया