‘सुश्री सम्पत्ति’को ट्रेलर सार्वजनिक

 मंसिर ७, २०७५ शुक्रबार १९:२६:५० | उज्यालो सहकर्मी

काठमाडाैं - सुब्रतराज आचार्यको निर्देशन रहेको सिनेमा सुश्री सम्पत्तिको आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । 

शुक्रबार साँझ सवा पाँच बजे  युट्यूब च्यानल ओएसआर डिजिटलमार्फत ट्रेलर सार्वजनिक गरिएको छ । कुनै पनि कार्यक्रमको आयोजना नगरी सिनेमाको ट्रेलरलाई सिधै युट्यूबमार्फत प्रिमियर गरिएको छ । ट्रेलरमा सिनेमाका मुख्य कलाकारहरु अटेका छन् । 

‘सुश्री सम्पत्ति’ मा  सलोन बस्नेत, सारा श्रीपाइली, विनोद न्यौपाने, प्रमोद अग्रहरी,  राजाराम  पौडेल,  जयनन्द लामा,  विसारद बस्नेत,  सुनिता श्रेष्ठ ठाकुर, प्रेमवर्षा खड्का, रोशनी कार्की, कमल देवकोटा र सन्तोष खनालको मुख्य भूमिका रहेको छ । सिनेमामा अभिनेत्री प्रियंका कार्कीले विशेष भूमिका निर्वाह गरेकी छिन् ।

सिनेमामा राजन इशानको ब्याकग्राउण्ड स्कोर, अर्जुन तिवारीको छायाकंन र भरत रेग्मीको सम्पादन छ । 

सिनेमालाई  विज्ञान राई, नुनम सुब्बा र रमन सिलकरले संयुक्त रुपमा निर्माण गरेका हुन् । राहुल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस सिनेमाका प्रस्तुतकर्ता भने रमेश त्वायना हुन् ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया