महिलामाथि दुर्व्यवहार गर्ने सशस्त्र प्रहरीलार्इ कारबाही हुने

 मंसिर ७, २०७५ शुक्रबार १९:३३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा - वीरगञ्ज भन्सार गेट नजिक महिलालार्इ दुर्व्यवहार गर्ने सशस्त्र प्रहरी जवानलार्इ कारबाही गरिने भएको छ ।

सशस्त्र प्रहरी बल वीरगञ्ज भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काले आफ्ना जवानबाट गल्ती भएको स्वीकार गर्दै घटनामा संलग्नलाइ कारबाही गर्ने बताउनु भएको हो ।

गल्ती गर्ने दुई जवानमाथि आवश्यक कारबाही प्रक्रिया सुरु गरिएको उहाँले जानकारी दिनुभयो । घटनामा संलग्न दुवै जनाको परिचय भने सशस्त्र प्रहरीले लुकाएको छ ।

वीरगञ्ज भन्सार कार्यालयको सुरक्षा एवं चोरी तस्करी नियन्त्रणका लागि खटिएका सशस्त्र प्रहरीले महिलाहरुलाई कपाल समातेर लछारपछार पारेका थिए ।

घटना सार्वजनिक भएपछि सशस्त्र प्रहरीको  चर्को आलोचना भएको छ । राजपा नेपालका महासचिव राजेशमान सिंंहले सशस्त्र प्रहरीले निकृष्ट र अमानवीय कार्य गरेको भन्दै घटनामा संलग्नलाइ कारबाही गर्न  माग गर्नु भएको थियो ।

सामान्य पोके तस्करीको आरोपमा सशस्त्र प्रहरीले महिलामाथि दुर्व्यवहार गरेको थियो । सशस्त्र प्रहरीले महिलाहरुबाट ५० हजार मूल्य बराबरको तस्करीको कपडा बरामद गरेको बताइएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया