तरकारीमा लुकाइएको बम पड्किँदा ३१ व्यक्तिको मृत्यु

 मंसिर ७, २०७५ शुक्रबार १९:३८:४९ | रासस
unn.prixa.net

पाकिस्तान – पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तरकारी राखेको कार्टुनमा लुकाइएको बम विस्फोटन हुँदा शुक्रबार कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।

मानिसको अत्यधिक भिडभाड भएका बेला भएको घटनामा अरु ५० भन्दा बढी घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् ।  हरेक शुक्रबार साप्ताहिक बजार लाग्ने ठाउँ कलायामा तरकारीसँगै बेरेर राखिएको ठाउँमा बम विस्फोटन भएको प्रत्यक्षदर्शीहरूले जनाएका छन् ।

घटना भएको क्षेत्रमा सिया मुसलमान समुदायको बढी प्रभाव रहेको प्रहरीले जनाएकाे छ । 'हामीलाई प्राप्त प्रारम्भिक विवरण अनुसार तरकारीको कार्टुनमा लुकाएर राखिएको विस्फोटक पदार्थ अकस्मात पड्किएको थियो', एक प्रहरी अधिकारीले जनाएका छन् ।

अर्का एकजना वरिष्ठ अधिकारी अमिन उल्लाहले कम्तीमा ३१ जनाको मृत्यु भएको र ती मध्ये २२ जना सिया मुसलमान समुदायका भएको जानकारी गराए। घटनामा परि घाइते भएका ५० जना मध्ये १७ जनाको अवस्था गम्भीर रहेको पनि अधिकारीहरूले बताएका छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया