कोइला बालेर सुत्दा निसासिएर काठमाडौंमा एक जनाको ज्यान गयो

 मंसिर ७, २०७५ शुक्रबार १९:५८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाडौंमा मकलमा कोइला बालेर सुत्दा निसासिएर एक जनाको ज्यान गएको छ । परिवारका अन्य दुई जना बेहोश भएका छन् ।

धादिङ घर भई काठमाडौंको मित्रनगर बस्दै आउनु भएकी २२ वर्षीया संगिता रानामगरको उपचारको क्रममा टिचिङ अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । उहाँका श्रीमान राम दर्लामी र ४ महिने छोरीको अहिले टिचिङ अस्पतालमा नै उपचार भइरहेको  महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायव उपरीक्षक डीएसपी होविन्द्र बोगटीले बताउनुभयो ।  

छोरीलाई चिसो लाग्यो भनेर कोइला बालेर सुत्दा निसासिएर संगिताको ज्यान गएको हो । जाडो महिनामा धेरै जनाको बानी कोइला वा  ब्रिकेट बालेर सुत्ने भएकाले ज्यान जाने जोखिम धेरै हुन्छ । डाक्टरले मकल वा ब्रिकेट बाल्दा झ्याल खुला राख्न आग्रह गर्दै आएका छन् । यस्तै सुत्दा आगो निभाउन पनि डाक्टरले सुझाव दिने गरेका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया