कपिलवस्तुमा गोली हानी युवा नेता राजाबाबुको हत्या

 मंसिर ८, २०७५ शनिबार ६:३९:१२ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – शुक्रबार राति तीन जनाको समूहले शुद्धोधन गाउँपालिका वडा नम्बर–४, मोतीभारीका स्थानीय युवा नेता ३० वर्षीय दीपेन्द्रकुमार चौधरी(राजाबाबु) को गोली हानी हत्या गरेको छ ।

३ जनाको समूहमा आएको व्यक्तिहरुले हानेको गोली टाउकोमा लागि गम्भीर घाइते हुनुभएका उहाँको उपचारका लागि भैरहवा लैँजादै गर्दा मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताउनुभयो । मृतक चौधरी गएको प्रदेशसभा चुनावमा कपिलवस्तु निर्वाचन नं. १ ख बाट प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार हुनुहुन्थ्यो । 

प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीको नेतृत्वमा घटना भएलगत्तै प्रहरी पुगी गोली हान्ने व्यक्तिहरुको पहिचान गरेको जनाएको छ । 

प्रारम्भिक अनुसन्धानका क्रममा २ जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक रवि रावलले बताउनु यो । गोली हान्ने व्यक्तिको पहिचान भइसकेको र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया