सुवोध गौतमको चाखलाग्दो बिहे प्रसंग, यसरी भयो बिहे

 मंसिर ८, २०७५ शनिबार ७:५:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – हास्यकलाकार सुवोध गौतमले पछिल्लो समय लोकप्रिय हास्य टेलिशृङ्खला भद्रगोलमा एदुमेको भूमिका निर्वाह गरिरहेका छन् । 

यसमा उनी काकु अर्थात दीपक आचार्यको छोराको भूमिकामा छन् । यसअघि उनले जिरे खुर्सानीमा काँटाको भूमिका निर्वाह गरेका थिए जसमा उनलाई हजुरको नामले चिनिन्थ्यो । सुवोध यस्ता हास्यकलाकारमा पर्छन् जसले सयभन्दा धेरै व्यक्तिको मिमिक्री गर्छन् । 

उनले पछिल्लो समयमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको मिमिक्री गर्र्दै आएका छन् जसलाई दर्शकलगायत स्वयम् मदनकृष्णले पनि मन पराएका छन् । कलाकार हरिवंश आचार्यले त आफ्नै जन्मदिनमा अनन्य मित्र मदनकृष्णको मिमिक्री गरेपछि प्रशंसा नै गरेका थिए ।

क्यारिकेचर र आफ्नो सेन्स अफ् ह्युमरका कारण दर्शक हँसाउदै आएका सुवोधको व्यक्तिगत जीवन भने त्यति चर्चामा छैन । कतिलाई त उनी विवाहित हुन् भन्ने कुरा पनि थाहा छैन । हालै मात्र हामीसँग कुराकानी गर्दै सुवोधले आफ्नो वैवाहिक जीवनको बारेमा खुलेर कुराकानी गरेका छन् । 

नेपालमा भएको १० वर्षे द्वन्द्व कालमा तत्कालीन नेकपा माओवादीमा आवद्ध थिए सुवोध । उनले यही क्रममा आफ्नो जीवनसाथी पनि भेटाए । उनलाई त्यही क्रममा पाल्मो लामाले बिहेको प्रस्ताव राखेकी थिइन् । अलि लजालु स्वभाव भएका  सुवोध पहिलेदेखि नै जसले प्रपोज गर्छ त्यसैसँग विवाह गर्ने योजनामा थिए । यसै योजना अनुरुप उनको विवाह भयो पाल्मोसँग । पाल्मोले  प्रपोज गरेको केही महिनामा उनीहरुको विवाह पनि भयो । 

पार्टीमा भएका कारण उनीहरुको विवाह त्यति धुमधामले गरिएन । एक घण्टामा विवाह सकिएको सुवोधले बताए । द्वन्द्वकालमै वैवाहिक बन्धनमा बाँधिएका सुवोध ५ वर्षीया छोरीका बुवा पनि हुन् । हाल उनको कलाकारितालाई उनकी श्रीमती पाल्मोले पूर्ण रुपमा सहयोग गरेकी छिन् । साथ दिएकी छिन् । 

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया