रामोसले कहिल्यै एन्टी डोपिङ नियम तोडेका छैनन् : रियल मड्रिड

 मंसिर ८, २०७५ शनिबार ८:३:१२ | एजेन्सी
unn.prixa.net

रियल मड्रिडले आफ्ना कप्तान सर्जियो रामोसले सन् २०१७ को च्याम्पियन्स लिग फाइनलका क्रममा एन्टी डोपिङ नियम तोडेको आरोप अस्वीकार गरेको छ । 

जर्मन पत्रिका डेर स्पिगलले स्पेनिस राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रामोस डोपिङ परीक्षणका असफल भएको रिपोर्ट सार्वजनिक गरेको थियो । उनले बिनाअनुमति डेक्सामेथासोन नामक औषधि प्रयोग गरेको रिपोर्टमा जनाइएको छ, जुन औषधि परीक्षकको अनुमतिबिना प्रयोग गर्ने छुट हुँदैन । 

पत्रिकाको रिपोर्टमा डोपिङ परीक्षण अधिकारीलाई उद्धृत गरी ३२ वर्षीय रामोसले एन्टी डोपिङ नियम तोडेको आरोप लगाइएको छ । साथै युरोपेली फुटबल महासंघले रामोसको माफी स्वीकार गरेको छ र खेलाडीलाई प्रतिबन्धित औषधि प्रयोग गर्नुमा क्लबका चिकित्सकलाई दोषी ठहर गरेको छ । 

विज्ञप्ति जारी गर्दै रियल मड्रिडले रामोसले कहिल्यै पनि एन्टी डोपिङ नियम उल्लंघन नगरेको प्रष्ट पारेको छ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया