बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

 मंसिर ८, २०७५ शनिबार ९:३:१५ | दयाराम आचार्य

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैंडाकोट नगरपालिका–१३, मुकुन्दपुरमा शनिबार बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।

ना ५ ख ३९८७ नम्बरको  बसले ना ५६ प ३८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा  मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा गैंडाकोट नगरपालिका ८ बस्ने २० वर्षीय अनिल पौडेल र गैंडाकोट १ बस्ने १९ वर्षीय कृष्ण सापकोटा रहेका छन् । 

दुर्घटनामा परि घाइते भएका दुवै जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा एक जनाको बाटोमा र एक जनाको अस्पताल पुर्‍याएपछि मृत्यु भएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।
 

अन्तिम अपडेट: फागुन २८, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया