कोहलीभन्दा धोनी नै बेस्ट, कोहलीले धेरै सिक्नु छ अझै : अफरिदी

 मंसिर ८, २०७५ शनिबार १०:५१:४९ | एजेन्सी
unn.prixa.net

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले पछिल्लो समय एकपछि अर्को गर्दै इतिहास रच्दै गैरहेका छन् । तर कप्तानका रुपमा भने महेन्द्रसिंह धोनीको आसपास पनि नआउने पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान शाहिद अफरिदी बताउँछन् ।

एउटा टेलिभिजन च्यानलसँग कुरा गर्दै पाकिस्तानी क्रिकेटर अफरिदीले विराटको कोहलीको कप्तानीको रुपमा चर्चा गरेका हुन् । अफरिदी भन्छन्, ‘विराट कोहली एक खेलाडीका रुपमा मोडर्न डे क्रिकेटका महान खेलाडी हुन् भन्नेमा कुनै शंका छैन । तर जब उनको कप्तानीको कुरा आउँछ, उनी यस क्षेत्रमा अहिले पनि सिकिरहेका छन् ।’

अफरिदीले कोहली आफूलाई मन पर्ने क्रिकेटर भएको बताउँछन्, ‘पछिल्लो समय क्रिकेटमा विराट कोहली मेरो सबैभन्दा फेबरेट ब्याट्सम्यान हुन् । तर कप्तानीका रुपमा भन्ने हो भने उनले सिनियर खेलाडी तथा पूर्व कप्तान धोनीसँग धेरै कुरा सिक्नु जरुरी छ । किनभने मेरो नजरमा त एमएस धोनी अहिले पनि बेस्ट क्याप्टेन हुन् ।’

यतिबेला भारतीय क्रिकेट टिम अष्ट्रेलिया भ्रमणमा रहेको छ । भारतले अष्ट्रेलियासँग ३ टी–२०, ४ टेस्ट र २ वानडे शृङ्खला खेल्दैछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया