इनार सफा गर्ने क्रममा बाबुछोराको मृत्यु

 जेठ २८, २०७५ सोमबार १९:२२:५८ | उज्यालो सहकर्मी

काभ्रे – पाँचखाल नगरपालिका २ रातापहिरोमा आफ्नै इनार सफा गर्ने क्रममा साेमबार बाबु छोराको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पाँचखाल २ अनेकोटे रातोपहिरोका ५० वर्षीय रामबहादुर तामाङ र उनका छोरा २५ वर्षीय सानुकुमार तामाङ छन् ।

उनीहरु आफ्नै इनार सफा गर्नको लागि इनार भित्र पसेपछि बेहोश भएका थिए ।

तत्कालै प्रहरी चौकी पाँचखालको टोलीले उद्धार गरी उपचारको लागि धुलिखेल अस्पताल पठाएको थियो ।

तर अस्पताल प्रशासनले दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिनुभयो । 

बाबुछोरा सँगै इनारमा पसेका स्थानीय पेमा दोर्जेका छोरा वर्ष १६ का टुल्कु लामा वेहोश अवस्थामा धुलिखेल अस्पतालमा उपचाररत छन् । 

उनीहरु अक्सिजन कम भएका कारण वेहोस भएको हुन सक्ने धुलिखेल अस्पतालले जनाएको छ ।   
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया