कलाकारकाे चुरोट माेह: यी हुन् चुरोट पिउन रुचाउने १५ नेपाली कलाकार

 मंसिर ८, २०७५ शनिबार १५:८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फिल्मको सुरूमै ‘धुम्रपान’ स्वास्थ्यको लागि हानिकारक छ’ भनेर लेखिएको हुन्छ । यतिमात्र हैन प्राय कलाकारहरु खुलेरै धुम्रपानको विरोध गर्ने पनि गर्छन् । 

यो स्वास्थ्यको लागि हानिकारक छ भनेर केहीले यसको विज्ञापन गर्न पनि मान्दैनन् । किनभने यसको विज्ञापन गर्दा समाजमा आफ्नो छवि बिग्रने डर धेरै कलाकारलाई हुन्छ ।

फिल्मभित्र त कलाकारले चुरोट पिएको दृश्य दर्शकले प्राय जसो देखिरहेका हुन्छन् । तर वास्तविक जीवनमा भने उनीहरुको वास्तविकता धेरै कमलाई मात्र थाहा हुन्छ । 

केही नेपाली कलाकारहरु रिल लाइफमा मात्रै होइन रियल लाइफमा पनि उत्तिकै चुरोटप्रेमी छन् । 

सार्वजनिक रुपमै चुरोट पिउने सेलिब्रेटीहरु कम होलान् तर लुकीलुकी चुरोट पिउने कलाकार भने धेरै छन् । आज हामीले यो सामग्रीमा चुरोट पिउने १५ कलाकारको बारेमा चर्चा गर्दैछौँ ।

भुवन केसी

अभिनेता भुवन केसी जति कोशिस गर्दा पनि चुरो तान्न छोड्न नसकेको बताउँछन् । उनले सार्वजनिक रुपमै आफू धूमपानप्रेमी भएको स्वीकार गरेका छन् । 

रेखा थापा

रेखा थापा अर्की लोकप्रिय अभिनेत्री हुन्, जसको चुरोट पिउने नराम्रो बानी छ । उनी साथीभाइसँगको भेटघाटमा मदिरा पिउँदिनन् तर चुरोट नभई हुँदैन ।
सार्वजनिक कार्यक्रममा पुग्दा पनि उनी गोप्य ठाउँ खोजेर चुरोट सल्काउन थालिहाल्छिन् । 

साम्राज्ञीराज्य लक्ष्मी शाह

अहिलेकी हिट अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहको पनि चुरोट पिउने लत छ । पत्रकारलाई अन्तरवार्ता दिन पुग्दासमेत उनी चुरोट नलिई बस्न नसक्ने चर्चा फिल्मवृत्तमा छ ।

 सुषमा कार्की 

अभिनेत्री सुषमा कार्की पनि ‘चुरोट प्रेमी’ अभिनेत्री हुन् । उनलाई पनि दिनमा पटक–पटक चुरोट पिउनु पर्छ । उनको यो बानी पनि पत्रकार र उनका साथीभाइहरुबाट लुक्न सकेको छैन । 

ज्योति मगर

लोकगीतमा विकृति भित्र्याएको भन्दै ज्योति मगरले केही वर्ष खुबै गाली खाइन् । उनलाई संस्कृति बिगारेको भन्दै धेरैले नानाभाँती भने । गाली गरे । 
छाडा गायिकाको उनाम पनि दिए । तर उनी आफ्नै पाराले अगाडि बढ्दै गएकी छिन् । ज्योति पनि चुरोट प्रेमी हुन् । उनको यो बानी पनि कसैसँग पनि लुक्न सकेको छैन । 

निश्चल बस्नेत

उता निर्देशक निश्चल बस्नेतलाई पनि चुरोटको सर्कोसँग गहिरो प्रेम छ । उनले यो प्रेमलाई त्यति सहजै छोड्न सक्ने संकेत देखिँदैन । 

आयुष्मान देशराज जोशी श्रेष्ठ

अभिनेता आयुष्मान देशराज जोशी श्रेष्ठ पनि चुरोट एकदमै धेरै सल्काउँछन् । उनको यो काममा उनकी प्रेमी तथा हुनेवाला श्रीमती प्रियंका कार्कीले साथ दिन्छिन् । प्रियंकाले भने खुलेआम अहिलेसम्म चुरोट सल्काएको देखिएको छैन । तर पनि उनी ‘लुकीलुकी’ चुरोट पिउँछिन् । 

सौगात मल्ल

नेपाली फिल्ममा सशक्त अभिनेताका रुपमा चिनिने सौगात मल्ल पनि चुरोट प्रेमी हुन् । उनलाई पनि अन्य खाने कुराजस्तै चुरोट नभई नहुने एउटा खानेकुरा बनेको छ  ।

विपिन कार्की

उता अभिनेता विपिन कार्कीले पनि आफूलाई यो लतबाट टाढा राख्न सकेका छैनन् । विपिन कार्की पनि चुरोट असाध्यै सल्काउँछन् । 

सलोन बस्नेत

अभिनेता सलोन बस्नेत र अभिनेत्री करिष्मा श्रेष्ठ अहिले प्रेममा छन् । यी दुईले एकसाथ काम गरेको सिनेमा ‘बाबु कान्छा’ केही समयअघि प्रदर्शनमा आएको थियो । तर सिनेमाले सोचेजस्तो सफलता हात पार्न भने सकेन । जे होस् यी दुईको सम्बन्ध भने कायमै छ । र, यी दुवै चुरोट पिउन रुचाउँछन् । दुवै सँगै बसेर चुरोटको सर्को तान्छन् ।

अनमोल केसी

युवास्टार अनमोल केसीले सार्वजनिक रुपमै चुरोट पिएको देखिएको छैन । तर उनी निकटस्थ स्रोतका अनुसार उनी चुरोट भने निकै सल्काउँछन् ।

शिल्पा पोखरेल

त्यस्तै सार्वजनिक रुपमै चुरोट पिउने अभिनेत्रीमा पर्छिन् शिल्पा पोखरेल । उनले विभिन्न ठाउँमा पत्रकारहरुकै अगाडि चुरोट पिएको पाइएको छ ।

अनुप विक्रम शाही

अभिनेता अनुप विक्रम शाही पनि अर्का चुरोट प्रेमी कलाकार हुन् । उनले केही पटक सार्वजनिक कार्यक्रममा पत्रकारहरुका अगाडि नै चुरोट पिएका छन् ।

सविन श्रेष्ठ


त्यस्तै अभिनेता सविन श्रेष्ठ पनि ‘सिगरेट लभर’ हुन् । उनी पनि  चुरोटको सर्कोबिना रहन सक्दैनन् ।

माला लिम्बु

अभिनेत्री तथा आईटम गर्ल माला लिम्बु पनि चुरोट प्रेमी हुन् । केही समय अघि मात्रै उनले एक कार्यक्रममा देखाएको चुरोट मोहपछि उनको यो बानीको खुलासा भएको हो । उक्त कार्यक्रममा पत्रकारहरू उनीसँग कुरा गर्न खोज्दा उनले पत्रकार भन्दा पनि चुरोटलाई प्राथमिकता दिएको कुरा चर्चामा छ ।


–उज्यालाे र गफगाफ डट कमकाे सहकार्य

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया